Skip
आज : २०८२ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राष्ट्रपति पौडेलले गरे राम जानकी मन्दिरमा पूजाअर्चना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, ८ गते


धनुषा, असोज ८- राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधाम पुगेर राम जानकी मन्दिरमा पूजाअर्चना गरेका छन् ।

गृह जिल्ला तनहुँमा रहेका राष्ट्रपति पौडेल आज मन्दिर दर्शन गर्न जनकपुरधाम पुगेका हुन् । सो अवसरमा महन्त राम तपेश्वर दासले मायाको चिनोस्वरूप जानकी मन्दिर अंकित तस्बिर दिए । राष्ट्रपति पौडेललाई मधेशका मुख्यमन्त्री रामसरोज यादव, जनकपुरधामका मेयर मनोज साह, कांग्रेस नेता विमलेन्द्र निधीलगायतले स्वागत गरेका थिए ।

नागरिकता विधेयक प्रमाणीकरणपछि जानकी मन्दिर दर्शनमा आउने राष्ट्रपति पौडेलको यसअघिको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै उनी आज जनकपुर पुगेका हुन् । उनले आजै जनकपुरधामस्थित महेन्द्रनारायण निधी मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम तय छ ।

पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन कार्यक्रम आयोजना गरेको छ । सोमबार दिउँसो १ बजेबाट सांस्कृतिक केन्द्र सभा हलमा सो कार्यक्रम आयोजना हुनेछ ।


प्रतिकृया दिनुहोस्