
नवलपरासी, असोज ३- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–७ का सविन कुमाल र संगम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको छ ।
नारायणी नदीमा डुबेर मृत्यु हुने दुई दाजुभाइ एकै घरका हुन् । सोमबार नारायणी नदीमा पौडी खेल्ने गएका दुई दाजुभाइ ४ वर्षीय सविन र ९ वर्षीय संगमको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले जनाएको छ ।
नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै जनाको उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकामा चिकित्सकले मृत घोषित गरेको प्रहरी नायब निरीक्षक वेदबहादुर पौडेलले बताए ।