Hamro Sanchar

एशिया कपको उपाधि भारतलाई, श्रीलंका १० विकेटले पराजित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, ३१ गते


Advertisement

एजेन्सी, भदौ ३१-भारतले आठौँ पटक एसिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा भएको फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठौँ पटक विजेता बनेको हो ।

श्रीलङ्काले दिएको ५१ रनको झिनो लक्ष्य भारतले ६ ओभर बलमा १ विकेट पनि नगुमाई भेटायो । भारतका लागि शुभमन गिलले २७ र इशान किशानले २३ रन बनाए ।

यसअघि कोलम्बोमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्का १५ ओभर २ बलमा ५० रन बनाउँदा अल आउट भयो । भारतका बलर सामु श्रीलङ्काली ब्याटर निरीह देखिए । श्रीलङ्काका लागि कुसल मेन्डिसले सर्वाधिक १७ र दुशन हेमन्थाले नटआउट १३ रन बनाए ।

यस्तै दुनिथ वेलालेगेले ८, धनन्जय डी सिल्भाले ४ र पथुन निसन्का २ रन बनाएर आउट भयो । श्रीलङ्काका ५ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् । बलिङतर्फ भारतका मोहम्मद सिराजले ६ विकेट लिए । यस्तै हार्दिक पान्ड्याले ३ र जसप्रीत बुमराहले १ विकेट लिए ।

भारत एसिया कपमा सर्वाधिक सफल टिममा पर्छ । भारतले यसअघि सन् १९८४, १९८८, १९९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो । यस्तै श्रीलङ्का ६ पटकको विजेता हो । श्रीलङ्काले १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेको थियो । यस्तै पाकिस्तानले सन् २००६ र २०१२ मा गरी २ पटक विजेता बनेको थियो ।

 


प्रतिकृया दिनुहोस्