Hamro Sanchar

उच्च अदालतका लागि २७ न्यायाधीशका नाम सिफारिस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २९ गते


काठमाडौं, भदौ २९-न्याय परिषद्ले उच्च अदालतको रिक्त न्यायाधीश नियुक्तिका लागि आज २७ जनाको नाम सिफारिस गरेको छ । नाम सिफारिससँगै लामो समयदेखि रोकिएको उच्च अदालतमा न्यायाधीश नियुक्तिको प्रक्रिया सुरु भएको हो ।

प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष विश्वभरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले उनीहरुको नाम सिफारिस गरेको हो । न्याय, कानुन, सरकारी वकिल, कानुन व्यवसायी र कानुन मन्त्रालयसहितका योग्यता पुगेका व्यक्तिलाई समेटेर नियुक्तिको सिफारिस गरिएको परिषद्ले जनाएको छ ।

२०७८ सालदेखि रोकिएको न्यायाधीश नियुक्तिको गाँठो प्रधानन्यायाधीश श्रेष्ठले फुकाएका छन् । अब उच्च अदालतको मुख्य न्यायाधीश हुँदै सर्वोच्चसम्म नियुक्तका लागि सिफारिस सुरु हुने परिषद्ले जनाएको छ ।

परिषद्को आजको बैठकले उच्च अदालतका ३४ जना न्यायधिशको र जिल्ला अदालका २६ जना न्यायधीशको सरुवासमेत गरेको छ ।

 


प्रतिकृया दिनुहोस्