Skip

Hamro Sanchar

नेपालले आज म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २५ गते


काठमाडौं, भदौ २५– विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । यांगुनमा रहेको नेपाली टोलीले थुवुना रंगशालामा दिउँसो सवा ४ बजे म्यानमारसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

यही रंगशालामा शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा रोकिएको थियो । पाहुना टोली नेपाल लगातार दबाबमा रहे पनि रक्षात्मक खेल्दा पराजयबाट जोगिएको थियो । फुटबलको विश्व वरियतामा म्यानमार नेपालभन्दा १५ स्थान माथि छ ।

उसले सन् २०१९ मा भएको मैत्रीपूर्ण खेलमा नेपाललाई ३–० गोलले पराजित गरेको थियो। फिफा वरीयतामा म्यानमार १ सय ६० औं स्थानमा छ भने नेपाल १ सय ७५औं स्थानमा छ ।

आगामी अक्टोबरमा होम एण्ड अवेका आधारमा हुने छनोट खेलमा नेपालले लाओसविरुद्ध खेल्नेछ । म्यानमारले मकाउलाई प्रतिस्पर्धी पाएको छ।

 


प्रतिकृया दिनुहोस्