Skip

Hamro Sanchar

स्पेनिस फुटबल महासंघका अध्यक्षद्वारा राजिनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २५ गते


काठमाडौं, भदौ २५–  स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियाल्सले राजीनामा दिएका छन् । महिला विश्वकपको फाइनलमा स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई चुम्बन गरेपछि विवादमा परेका उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

इङ्ल्याण्डलाई १–० गोलले हराएर विश्वकपको उपाधि जितेको खुसीयाली मनाउने क्रममा रुबियल्सले ३३ वर्षीया हर्मोसोलाई चुम्बन गरेका थिए । रुबियल्सले महासंघका कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई एक विज्ञप्ति जारी गर्दै राजीनामा बुझाएको बताएका छन् ।

यसअघि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले उनलाई निलम्बन गरेको थियो ।


प्रतिकृया दिनुहोस्