Skip

Hamro Sanchar

आज स्वदेश फर्किदै महिला क्रिकेट टिम

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २४ गते


काठमाडौं, भदौ २४–  नेपाली महिला क्रिकेट टिम आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलेर आज स्वदेश फर्किंदै छ । नेपाली टिम आज राति ९ बजे स्वेदश फर्कने तालिका रहेको छ ।

थाइल्यान्डसँग ४६ रनले पराजित हुँदै नेपाली टोलीले ऐतिहासिक ग्लोबल क्वालिफायर्स हुनबाट वञ्चित भएको हो । समूह चरणमा उपविजेता बन्दै थाइल्यान्ड प्रतिस्पर्धी पाएको नेपाली टिमको ब्याटिङ नचल्दा ग्लोबल छनोटबाट बाहिरिएको हो ।

नेपालकै समूहमा रहेको समूह ए को विजेता यूएईले एसिया क्षेत्र छनोटमा थाइल्यान्डलाई पराजित गर्दै ग्लोबल क्वालिफायर्समा पुगेको हो । नेपालले छनोटअघि चार देशीय सिरिजको उपाधि जितेको थियो ।


प्रतिकृया दिनुहोस्