काठमाडौं, भदौ २१- साताको अन्तिम दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजारको बिहीबार प्रि-ओपन सेसन मै गिरावट देखिएको हो ।
बिहीबार २८ दशमलव ९२ अंकले घटेर सेयर बजार परिसूचक १९३२ दशमलव ४५ विन्दुमा पुगेको छ । २ सय ७६ कम्पनीका ३७ लाख ६९ हजार ३३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १५ करोड ९ लाख २० हजार ६०७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ५ दशमलव ६५ अंकले घटेर ३ सय ७१ दशमलव ५८ विन्दुमा पुगेको छ ।