Skip

Hamro Sanchar

आज बागमती प्रदेशसभाको बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, १८ गते


काठमाडौं, भदौ १८– गत असार २१ गते दुई वटा विधेयक पारित गरेर स्थगित भएको बागमती प्रदेश सभाको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

खड्काका अनुसार आज बस्ने बैठकका लागि सम्भावित कार्यसूची तयार गर्न प्रदेश सभा सचिवालयले बिहान ११स्३० बजे संसद् सचिवालयमा कार्य परामर्श व्यवस्थापन समितिको बैठक पनि आह्वान गरेको छ ।

करिब एक हप्तासम्म सञ्चालन हुने प्रदेश सभा बैठकमा शुन्य समय, विशेष समय र विभिन्न विधेयकमाथि छलफल हुने जनाइएको छ ।


प्रतिकृया दिनुहोस्