Skip

Hamro Sanchar

सैनिक अस्पतालमा उपप्रधानमन्त्री खड्काको शल्यक्रिया

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, १४ गते


काठमाडौं, भदौ १४-उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का अस्वस्थ भएपछि छाउनीस्थित नेपाली सेनाद्वारा सञ्चालित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका छन् ।

प्रोस्टेट (बीपीएच) को समस्या भएपछि उपप्रधानमन्त्री खड्कालाई अस्पताल भर्ना गरिएको हो । अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी प्राध्यापक डा भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उनको प्रोष्टेटको सल्यक्रिया गरेको बताइएको छ ।

उनको सल्यक्रिया सफल भएपछि हाल उनको अवस्था सामान्य रहेको र उनलाई नर्मल वार्डमा राखिएको अस्पतालले बताएको छ । त्यसका साथै उपप्रधानमन्त्री खड्कालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्पतालमै गएर भेटेका छन् ।

खड्कालाई छाउनीस्थित सैनिक अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले शिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।


प्रतिकृया दिनुहोस्