Skip

Hamro Sanchar

कृष्णबहादुर महराका छोरा राहुल सीआईबीको नियन्त्रणमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, १३ गते


काठमाडौं, भदौ १३- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् ।

विद्युतीय चुरोट अर्थात् भेपभित्र लुकाएर ल्याएको नौ किलो सुन तस्करीको अनुसन्धानका लागि राहुल महरालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

महराका बाबुछोराले व्यापारीले भेपभित्र लुकाएर ल्याएको नौ किलो सुन छुटाउन भन्सारका कर्मचारीलाई पटक–पटक दबाब दिएको आरोप छ ।

उनीहरूले भन्सारका अधिकारी र सुन ल्याउने व्यापारीसँग पटक पटक फोन गरेको पनि खुलेको थियो ।


प्रतिकृया दिनुहोस्