Hamro Sanchar

आइपिओमा जाँदै राष्ट्रिय खाद्य बैंक, डेड लाख बढी किसान उत्पादनसँग जोडिए

प्रदिप नेपाली प्रकाशित : २०८० भदौ, ७ गते


Advertisement

काठमाडौं, भदौ ७- दुई अर्ब लगानीमा शुभारम्भ भएको राष्ट्रिय खाद्य बैंकले आवश्यक मापदण्ड पूरा गरी सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ ।

प्राङ्गारिक उत्पादनलाई जोड दिने भन्दै स्थापना गरिएको बैंकले प्रमोटर सेयर खरिद गरि अपनत्व लिन इच्छुकहरुलाई नयाँ बानेश्वरको केन्द्रिय कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ । ‘हामीले यो बैंक सामुहिक लगानीमा स्थापना गरेका हौं,’ हाम्रोसंचार डटकमसँग कुरा गर्दै  अध्यक्ष शङ्करनाथ उप्रतीले भने ‘यो बैंकमा लगानी गर्न इच्छुक व्यक्तिले एक लाख रुपैयाँदेखि ३ करोड रुपैयाँसम्म लगानी गर्न सक्ने छन् । यसका साथै हामीले चाडै नै आईपीओ निष्काशन गर्ने तयारी पनि गरेका छौं ।’

‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ २०७७ सालमा स्थापना भएको बैंकले बिहीवार नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालय संचालन गरेको छ । बैंकका अध्यक्ष उप्रेतीले कृषिमा परनिर्भरता घटाउँदै प्राङ्गारिक उत्पादनमा जोड दिने उद्देश्यका साथ बैंक स्थापना गरिएको जानकारी दिए ।

उनका अनुसार २ अर्ब रुपैयाँ लगानीमा बैंक स्थापना गरिएको हो । निजि क्षेत्रबाट खोलिएको नेपालको पहिलो खाद्य बैंकमा हालसम्म ७९० जना प्रमोटर शेयर सदस्य छन् । उक्त सङ्ख्यालाई बढाएर १ हजार जना बनाउने तयारी भइरहेको छ ।

उनका अनुसार राष्ट्रिय खाद्य बैंक लिमिटेड, नेपालमा उत्पादन भएका कृषिजन्य उत्पादनलाई ब्रान्डिङ्ग, भण्डारण र बजारीकरण गर्ने पबित्र उदेश्य लिएर स्थापना भएको हो । बैंकमार्फत डेड लाखभन्दा बढी किसान प्रतक्ष्य उत्पादनसँग जोडिएका छन् । बैंकले किसानका धान, गहुँ, मकै, तरकारी तथा फलफूल, केरा, दहिदुध, माछा, मासु, अण्डा, जडीबुटी, चिया, कफी, उखु लगायतको उत्पादन तथा व्यापार गरिरहेको छ ।

बैंकले पुर्व झापाको गौरादह नगरपालिका-२ ठकठकेको क्षेत्रीय कार्यालयबाट पूर्वका उत्पादन, भण्डारण, प्रशोधन, प्याकेजिंग र बजारीकरण गर्दै आएको छ भने पश्चिमको बर्दिया गुलरिया नगरपालिका वडा नम्बर ३ ऐरी, पोखराको चिप्लेढुंगा, हुम्लाको सर्केगाढ गाउँपालिका, लमजुङको मध्यनेपाल नगरपालिका-७ बांग्रे गरि २२ वटा जिल्लामा कार्यालय स्थापना गरेको छ । यी कार्यालयले उत्पादन, भण्डारण, प्रशोधन, प्याकेजिंग र बजारीकरण गर्दै आएको छ ।

यस्तै बैंकले भक्तपुरको लोकन्थलीमा रहेको राष्ट्रिय खाद्य बैंक (RKB) मार्टबाट लोकल, रैथाने, सेभफुड, अर्घानिक खाद्य बस्तु(कृषि उपज)हरु सुपथ मुल्यमा निशुल्क होम डेलिभरीसहित उपत्यका भरि सेवा उपलब्ध गराउदै आएको छ ।

खाद्य बैंक स्थापना गर्नुको मुख्य उद्देश्य कृषिमा परनिर्भरता घटाउने, कृषि उत्पादन बढाउने, रोजगारी बढाउने र प्राङ्गारिक उत्पादनमा जोड दिएर जनस्वास्थ्यको विषयलाई सम्बोधन गर्ने रहेको बताइएको छ ।

प्राङ्गारिक मल उद्योगहरु संचालनमा ल्याउने, बिउ बिजन भण्डार आफैले संचालनमा ल्याउने, कृषि कलेज संचालनमा ल्याउने, दक्ष जनशक्ति उत्पादन खाद्य बैंक आफैले तयार गरि गतिबिधिहरु अगाडी बढाउने, देशलाई खाद्यान्नमा आत्मनिर्भर गरि बढी भहेको खाद्यान्नहरु विदेशमा बिक्रि वितरण गर्ने, कृषिलाई औद्योगिकरणमा लैजाने, कृषिसँग सम्बन्धित उद्योगहरुलाई संचालनमा ल्याउने, कृषिमा चाहिने मेशिनरी औजारहरु आफ्नै देशमा बन्न सक्ने जति निर्माण गर्ने गराउने, देशलाई समृद्धि बनाउने, किसानलाई धनी बनाउदै देशलाई आत्मनिर्भर गराउने, अर्गानिक वा प्राकृतिक खानेकुराहरु उत्पादन गर्ने बैंकको दीर्घकालीन योजना रहेको छ ।


प्रतिकृया दिनुहोस्