
काठमाडौं, भदौ १-एसिया कप क्रिकेट खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम अर्को हप्ता पाकिस्तान जाने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार नेपाली टिमको भिजाको काम सकिइसकेको हुनाले जतिसक्दो छिटो टिमलाई पाकिस्तान पठाउने तयारी भइरहेको छ ।नेपाली टिमले एसिया कप अगाडि पाकिस्तानसँग केही अभ्यास खेल र तयारीका लागि टिमलाई १ हप्ताअघि नै पाकिस्तान पठाउने तयारी क्यानले गरेको हो ।
एसिया कप आउँदो अगष्ट ३१ बाट सुरु हुँदैछ । जसमा पहिलो खेल नेपालले पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालका लागि क्यानले एसिया कपका लागि १७ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
टोलीमा रहेको सन्दीप लामिछानेका बलात्कार मुद्दाको पेसी सरेकाले उनी पाकिस्तान जाने नजाने भने अन्योल छ ।


















