Skip

Hamro Sanchar

रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूतबीच भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ३१ गते


काठमाडौं, साउन ३१- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच आज बनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयमा भेटवार्ता भएको हो । प्रतिनिधिसभा सदस्य एवं पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र केन्द्रीय सदस्य लिमा अधिकारीलगायतको वार्तामा सहभागिता रहेको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिइन् ।

त्यसअवसरमा नेपाल र चीनबीच आपसी चासोका विषयमाथि छलफल भएको थियो । मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयमा पनि उनीहरूबीच छलफल भएको थियो ।

राजदूत सोङले उत्तरी सीमा क्षेत्रमा भएको समस्याप्रति आफ्नो ध्यानाकर्षण भएको र सोबारे यथाशीघ्र समाधानका पहल गरिने बताए । सभापति लामिछानेले आफ्नो दल पनि एक चीन नीतिप्रति अडिग रहेको अवगत गराएका थिए ।


प्रतिकृया दिनुहोस्