एजेन्सी, साउन ३०-स्विडेनलाई हराउँदै स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ । आज मङ्गलवार न्युजिल्यान्डको अकल्यान्डमा रहेको इडेन पार्क मैदानमा स्विडेनलाई २–१ गोलले हराउँदै स्पेन उपाधि नजिकै पुगेको हो ।
खेलको ८१ औँ मिनेटमा गोल गर्दै अइनगोनोले स्पेनलाई अग्रता दिलाएकी थिइन् । ८८ मिनेटमा स्विडेनकी रेबिकाले गोल गरेर खेल १–१ गोलको बराबरीमा ल्याइन् । तर एक मिनेटभित्रै स्पेनकी कारमोनाले गोल गरेर टोलीलाई फाइनलमा पुर्याइन् ।
स्विडेनले क्वाटरफाइनलमा जापानलाई तथा स्पेनले नेदरल्यान्ड्सलाई हराएको थियो । स्पेनले उपाधिका लागि भोलि सिड्नीमा हुने अस्ट्रेलिया र इङ्ग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । अस्ट्रेलिया यो विश्वकपको आयोजक टोली हो ।
गएको जुलाई २० तारिखदेखि शुरु भएको महिला विश्वकपमा ३२ टोली सहभागी थिए । फाइनल खेल अगस्ट २० तारिखमा हुनेछ ।