Skip

Hamro Sanchar

प्रहरीबाट ममाथि हातपात भयो: सांसद शर्मा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, २६ गते


काठमाडौं, साउन २६- नेपाली कांग्रेसका सांसद डा.सुनील शर्माले आफूमाथि प्रहरीबाट हातपात भएको बताएका छन् ।

बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई पक्राउ गरेको थियो । शुक्रबार म्याद थपका क्रममा अदालतबाट बाहिरिने क्रममा सांसद शर्माले आफूमाथि प्रहरीले हातपात गरेको जानकारी दिएका हुन् ।

‘ममाथि प्रहरीले दुई पटक हातपात गरेको छ । हातपात गर्न मिल्ने हो ?,’ बाहिरिने क्रममा शर्माले भने । अवैध सुन प्रकरणका मुख्य आरोपीलाई समातेर कारबाही गर्न माग गर्दै गृहमन्त्री र अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भन्दै संसदमै जोड दिएका शर्मा हिजो पक्राउ परेका हुन् ।

उनलाई शैक्षिक प्रमाणपत्रबारेमा पक्राउ गरिएको भनिए पनि अहिलेको मुद्दालाई कमजोर बनाउन पक्राउ परिएको भन्दै चर्को विरोध भइरहेको छ ।


प्रतिकृया दिनुहोस्