Hamro Sanchar

प्रथम विद्या आर्जन अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिताको उद्घाटन

प्रदिप नेपाली प्रकाशित : २०८० साउन, २६ गते


Advertisement

काठमाडौं, साउन २६- प्रथम विद्या आर्जन अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता २०८० को उद्घाटन गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ स्थित बाबाचोकमा अवस्थित विद्या आर्जन अंग्रेजी अंग्रेजी माध्यमिक विद्यालयको आयोजनामा पहिलो पटक प्रथम विद्या आर्जन अन्तर विद्यालय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता सुरु भएको हो ।

दुई दिनसम्म चल्ने अन्तर विद्यालय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा कागेश्वरी मनोहरा नगरपालिका र बाहिरका गरि १२ वटा विद्यालयको सहभागिता रहेको छ । विद्या आर्जनका प्राध्यानाध्यापक घनेन्द्र भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी पुर्व प्रदेशसभा सदस्य मणिराम फुयाल रहेका थिए ।

प्रमुख अतिथी फुयालले बिभिन्न खेलकुदका गतिबिधीसहित तेक्वान्दो प्रतियोगिताको आयोजना गरेकोमा निकै खुसी ब्यक्त गर्दै धन्यवाद ब्यक्त गरेका छन् । पुर्व शिक्षकसमेत रहेका उनले खेलकुदमा आफ्नो पनि रुची रहेको र अझै पनि सबै किसिमका प्रतिष्पर्धामा तयार रहेको बताए । प्रधानाध्यापक भट्टराईले विद्यालय स्थापना भैसकेपछि संस्कारसहितको शिक्षाको समग्र क्षेत्रलगायत खेलकुद र बिद्याथीहरुको चौर्तफि ब्यक्तीत्व बिकास गर्ने उदेश्यले बिद्यार्थीको माग बमोजिम बिद्यालयमा तेक्वान्दो दोजाङ्गको ब्यवस्था गरेको बताए ।

उद्घाटन कार्यक्रममा बिशेष अथिति वडाअध्यक्ष प्रकाश फुयाल, नगर प्याब्सन अध्यक्ष श्रीराम दाहाल, प्रारम्भ एकेडेमीका प्रधानाध्यापक कृष्ण गौतमले शुभकामना मन्तब्य दिएका थिए । यस्तै कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गणेश दाहालले स्वागत मन्तब्य दिएका दिए ।

प्रतियोगितामा १२ विद्यालयका छात्रछात्रा गरी बिभिन्न तौल समुहका करिब २ सय तेक्वान्दो खेलाडीले सहभागीता जनाएका छन् ।

प्रतियोगितामा दोजाङका प्रमुख, प्रशिक्षक, निर्णायक, खेलसँग सम्बन्धित विभिन्न जिल्लाका अध्यक्षहरुको उपस्थिति रहेको छ ।

प्रथम, द्धितीय र तृतियलाई ट्रफि, मेडलसहित पुरस्कारको ब्यवस्था गरिएको जनाइएको छ । बेष्ट रेर्फि फाईटर अवार्ड, बेष्ट रनर अफ र बेष्ट खेलाडीलाई ट्रफि, मेडल शनिबार बितरण गरिने जनाइएको छ । कार्यक्रम शनिवार समापन हुने बताइएको छ ।

कार्यक्रममा प्रमुख अतिथी तथा अतिथीहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको छ ।


प्रतिकृया दिनुहोस्