Skip

Hamro Sanchar

सत्तापक्ष र प्रतिपक्षको अवरोध, राष्ट्रियसभाको बैठकमा स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, २६ गते


काठमाडौं, साउन २६– राष्ट्रियसभाको आजको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दुवैले अवरोध गरेपछि स्थगित भएको छ । साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले नियमित अवरोध गरिरहेको राष्ट्रियसभाको बैठक आज भने सत्ता पक्षले पनि अवरोध गरेको हो ।

बैठकको सुरुमा सबै दलका सांसदहरुले पालैपालो आफ्ना भनाइ राखेका थिए । त्यसपछि अध्यक्ष तिमल्सिनाले विरोधमा उत्रिएको एमालेका सांसदहरुलाई बोल्न समय दिन चाहेका थिए । तर सत्ता पक्ष पनि त्यसको विरोधमा उभिएपछि बैठक अवरुद्ध भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले एमालेका सदस्यहरुलाई बोल्ने समय दिएपछि त्यसको विरोधमा प्रतिपक्षी सांसदहरु पनि खडा भएका हुन् ।

सत्ता र प्रतिपक्ष दुवै उभिएर बैठकमा अवरोध गरेपछि अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले धेरै विधेयकहरु छलफलका लागि थाँती रहेकाले नियमित कारबाही अघि बढाउन आग्रह गरे ।

तर अध्यक्ष तिमल्सिनाको आग्रहलाई दुवै पक्षले बेवास्ता गरेका छन् । उनले थाँती रहेका केही विधेयकहरुको टुंगो गरेपछि बैठक विस्तारै अघि बढाउँदा पनि फरक नपर्ने कुरा राखेका थिए ।

दुवै पक्षले अवरोध कायम राखेपछि साउन ३१ गते १ बजेर १ मिनेटसम्मका लागि बैठक स्थगित गरिएको छ ।


प्रतिकृया दिनुहोस्