
काठमाडौं, साउन २६– कोशी प्रदेश सरकारमा जसपा सहभागी हुने भएको छ । मुख्यमन्त्री उद्धव थापाका अनुसार आजै जसपा सरकारमा सहभागी हुन लागेको हो ।
यसअघि काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबाट ३ जना मन्त्री बनेका छन् । जसपा अब सहभागी हुने थापाले बताए । १ जना मात्रै सांसद रहेको जसपामा सांसद निर्मला लिम्बू रहेकी छिन् ।
उनै मन्त्री नियुक्त हुने थापाले बताए । उनलाई स्वास्थ्य मन्त्रीको जिम्मा दिने तयारी छ ।


















