Skip

Hamro Sanchar

ललितानिवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, २४ गते


काठमाडौं, साउन २४- ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको हो ।

ब्युरोले असार १२ मा भाटभटेनी सुपर मार्केटका सञ्चालक ६९ वर्षीय गुरुङ र पूर्व निर्वाचन आयुक्त ६९ वर्षीय सुधीरकुमार शाहसहित ४ जनालाई पक्राउ गरेको थियो ।

सो मुद्दामा अहिलेसम्म पक्राउ पर्नेको संख्या २० पुगेको छ । उनीहरूलाई प्रहरीले ‘संगठित किर्ते’ मुद्दामा अनुसन्धान गरिरहेको छ ।


प्रतिकृया दिनुहोस्