
काठमाडौं, साउन १९-सरकारले भारतबाट तत्काल १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने निर्णय गरेको छ ।
भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा मूल्यबृद्धिको चिन्ता बढ्न थालेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छलफल गरेर १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने निर्णय गरेको हो ।
वाणिज्य आपूर्ति तथा आपूर्ति संरक्षण विभागका महानिर्देशक गजेन्द्र प्रसाद ठाकुरले पत्रकार सम्मेलन मार्फत जानकारी दिएअनुसार नेपालमा चामलको मूल्यबृद्धिमा नियन्त्रण गर्न भारतबाट चामल र धान ल्याउने निर्णय भएको हो ।
भारतले बासमती बाहेकका चामलको निर्यात साउन ४ बाट रोकेको छ ।


















