Hamro Sanchar

इटालीविरुद्ध रोमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिका महिला विश्वकपको अन्तिम १६ मा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, १७ गते


Advertisement

एजेन्सी, साउन १७-दक्षिण अफ्रिका फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार भएको समूह चरणको अन्तिम खेलमा इटालीविरुद्ध ३–२ गोलको रोमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिका अन्तिम १६ मा पुगेको हो ।
खेलको ११ औं मिनेटमा एरिअन्ना कारुसोले पेनाल्टीमा गोल गर्दै इटालीलाई अग्रता दिलाइन् । ३२ औं मिनेटमा इटालीकी बेनेडेट्टा ओर्सीले आत्मघाती गोल गरेपछि दक्षिण अफ्रिकाले खेल बराबरी गर्‍यो । ६७ औं मिनेटमा हिल्दाह मगैआले गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिलाइन् ।

७४ औं मिनेटमा इटालीकी करुसोले दोस्रो गोल गर्दै खेल बराबरीमा फर्काइन् । बराबरीमा रोक्दा पनि इटाली नकआउट चरणमा प्रवेश गर्ने स्थिति थियो । तर इन्जुरी समयमा थेम्बी गाट्लानाले गोल गर्दै दक्षिण अफ्रिकाको जित पक्का गरिन् । जितसँगै समूह जि बाट उपबिजेताका रुपमा दक्षिण अफ्रिका अन्तिम १६ मा पुगेको छ । अर्को खेलमा स्विडेनले लगातार तेस्रो जित निकालेको छ ।

अर्जेन्टिनालाई २–० गोलले पराजित गर्दै स्विडेन समूह विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । समूह जी बाट इटाली र अर्जेन्टिना समूह चरणबाटै बाहिरिएका छन् ।

 


प्रतिकृया दिनुहोस्