Hamro Sanchar

फिफा महिला विश्वकपमा कोलम्बियाले जर्मनीलाई हरायो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, १४ गते


Advertisement

एजेन्सी, साउन १४-फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा कोलम्बियाले जर्मनीलाई पराजित गरेको छ ।

सिड्नी फुटबल स्टेडियममा आइतबार भएको खेलमा कोलम्बियाले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । कोलम्बियाको लागि लिंडा लिजेश कैसेडो एलेग्रिया र मानुएला भानेगासले गोल गरे । जर्मनीको लागि भने अलेक्जान्ड्रा पपले गोल गरिन् ।

खेलको ५२औँ मिनेटमा एलेग्रियाले गोल गर्दै कोलम्बोलाई अग्रता दिलाइन् । ८९औँ मिनेटमा जर्मनीले पाएको पेनाल्टीमा अलेक्जान्ड्राले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याइन् । इन्ज्युरी समयमा भानेगासले कोलम्बियाको लागि दोस्रो गोल गरिन् ।

यससँगै २ खेलबाट ६ अंक जोडेको कोलम्बिया समूह एचको अंकतालिकामा शीर्ष स्थानमा छ । दोस्रो खेलमा पराजित भएको जर्मनी भने ३ अंकसहित दोस्रो स्थानमा छ ।


प्रतिकृया दिनुहोस्