
काठमाडौं, साउन १२ काठमाडौंको चन्द्रागिरि नगरपालिकामा गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
चन्द्रागिरिको पानीघाटमा मारुती भ्यान दुर्घटना हुँदा चालक सिन्धुलीका २० वर्षीय नवराज थोकर र यात्रु काभ्रेका ४५ वर्षका अनिल तामाङको मृत्यु भएको जिल्ला प्रहरी परीसर काठमाडौंका डिएसपी नारायण अधिकारीले जानकारी दिए । उनका अनुसार गाडी भीरबाट तल खसेको थियो ।
काठमाडौंको थानकोटबाट मकवानपुरको चित्लाङ जाँदै गरेको बा १० च ३५४६ नम्बरको सुजुकी भ्यानमा सवार अन्य तीन जना यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।


















