Skip

Hamro Sanchar

उपत्यका विकास प्राधिकरणद्वारा कागेश्वरीलाई ३ करोड ६५ लाख बजेट विनियोजन, कहाँ कति ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, १० गते


काठमाडौं, साउन १०- काठमाडौं उपत्यका विकास प्राधिकरणले कागेश्वरी मनोहरा नगरपालिकाका लागि आर्थिक बर्ष २०८०/८१ का लागि ३ करोड ६५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । प्राधिकरणले नगरपालिकाका सडक निर्माण तथा स्तरोन्नति, पहिरो व्यवस्थापन, नदि नियन्त्रण, खानेपानी, पार्क निर्माण तथा विभिन्न शिर्षकमा उक्त रकम छुट्याएको हो ।

आवश्यकता र स्रोतको उपलब्धताका आधारमा प्राधिकरणसँग बजेट माग गरिएको नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिए । आफुहरुको निरन्तर प्रयासका बाबजुद प्राधिकरणबाट उक्त बजेट प्राप्त गर्न सफल भएको नगरप्रमुख कार्कीको भनाई छ ।

प्राधिकरणअन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुरका कार्यालयले सडक विस्तार, क्षतिपूर्ति, विपद् व्यवस्थापन पार्क, सार्वजनिक जग्गा संरक्षण लगायतका काम गरिरहेको छ ।

प्राधिकरण सहरी विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार निकाय हो ।

कागेश्वरी मनोहरा नगरपालिकाको लागि काठमाडौं उपत्यका विकास प्राधिकरणद्वारा आर्थिक वर्षा २०८०/८१ को लागि विनियोजित कार्यक्रम विवरण
१. कागेश्वरी मनोहरा १ साबिक गागलफेदी वडा नं. ६ ठुलडिक पछाडी महादेव खोलाको घुम्तीमा नदि निर्यन्त्रण १५ लाख
२. कागेश्वरी मनोहरा न.पा. ०२ जलपादेवी सामुदायिक किरियापुत्री भवन तथा पार्क निर्माण २५ लाख
३. कागेश्वरी मनोहरा न.पा. ०३ जागे खहरे बाढी पहिरो नियन्त्रण गरी सडक निर्माण कार्य २५ लाख
४. कागेश्वरी मनोहरा-०३ बकैने डाँडा सडक निर्माण तथा पहिरो निर्यन्त्रण गर्ने कार्य ३० लाख
५. कागेश्वरी मनोहरा न.पा. वडा नं. ३ महादेव खोला-सडक निर्माण तथा खोला निर्यन्त्रण गर्ने कार्य ३० लाख
६. कागेश्वरी मनोहरा न.पा. ४ डाँछी स्थित महादेवटोल सडक अन्तर्गत बी रहेको ढलान गर्ने कार्य ३० लाख
७. कागेश्वरी मनोहरा न.पा. ५ स्थित गजरकोट सडक निर्माण गर्ने कार्य ३० लाख
८. कागेश्वरी मनोहरा न.पा. ५ को पर्ती जग्गाको बन बाटीका संरक्षण १५ लाख
९. कागेश्वरी मनोहरा न.पा. ६ डुमाखाल जौटार चौर पार्क निर्माण १५ लाख
१०. कागेश्वरी मनोहरा न.पा. ७ को दरबार क्षेत्र अन्तर्गत सार्वजनिक जग्गामा पार्क निर्माण १० लाख
११. कागेश्वरी मनोहरा न.पा. ७ कार्की हाइटमा रहेको सार्वजनिक जग्गा ७ र अमरसिंह चोक स्थित दरबार क्षेत्र अन्तर्गत सार्वजनिक जग्गामा पार्क निर्माण ३० लाख
१२. कागेश्वरी मनोहरा न.पा ७ र ८ को सिमानामा पर्ने सोमतिर्थमार्ग सडक स्तरोन्नती गर्ने कार्य ४० लाख
१३. कागेश्वरी मनोहरा ८, आदर्श टोलको भित्री सडक स्तोरोन्नती गर्ने कार्य २५ लाख
१४. कागेश्वरी मोनोहरा न.पा. वडा नं.८ देवलधारा टोलमा खानेपानीको समस्या समधान गर्नको लागि खानेपानीको पाईप बिच्छ्याई ढलान गर्ने कार्य ३० लाख
१५. कागेश्वरी मनोहरा न.पा. वडा नं. ९ हात्तीडाँडा एयरपोर्ट नगर सडक स्तोरन्नती कार्य १५ लाख


प्रतिकृया दिनुहोस्