Skip

Hamro Sanchar

शैक्षिक संस्थामा तालाबन्दी नगर्ने अनेरास्ववियुको घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ७ गते


काठमाडौं, साउन ७- नेकपा एमाले निकट अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने घोषणा गरेको छ ।

अनेरास्ववियुले आज आइतवार गरेको पत्रकार भेटघाट कार्यक्रममा अबदेखि कुनै पनि विश्वविद्यालय तथा क्याम्पसमा तालाबन्दीका कार्यक्रम नगर्ने सङ्गठनका अध्यक्ष समिक बडालले जानकारी दिए । अहिले नेपाल संस्कृत विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका छन् ।

अध्यक्ष बडालले तालाबन्दीका कारण विद्यार्थीको पठनपाठनसहित विश्वविद्यालय र क्याम्पस अस्तव्यस्त बन्ने भएकाले तालाबन्दीको विकल्पका रूपमा अन्य आन्दोलन गर्ने बताए । उनले सामुदायिक विद्यालय सुधार गर्न पालिकाले गरेको कामलाई सहयोग गर्ने भनाइ राखे ।

अध्यक्ष बडालले विश्वविद्यालयका पदाधिकारी नियुक्ति राजनीतिक नभइ बोर्ड अफ ट्रस्टका आधारमा गर्न सरकारलाई दबाब दिने बताए ।


प्रतिकृया दिनुहोस्