Skip

Hamro Sanchar

थाई नागरिकबाट बरामद गरेको पहेँलो धातु पित्तल रहेको पुष्टि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ६ गते


काठमाडौं,  साउन ६- थाई नागरिकबाट बरामद गरेको पहेँलो धातु पित्तल रहेको पुष्टि भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको पहेँलो धातु बरामद गरेको थियो ।

स्रोतका अनुसार भन्सार विभागले त्रिपुरेश्वरस्थित प्रयोगशालामा परीक्षण गर्दा बरामद गरिएको साढे ४ किलो पहेँलो धातु पित्तल रहेको पुष्टि भएको हो ।

सुन भएको आशंकामा भन्सार कार्यालयका कर्मचारीले बैंककबाट काठमाडौं आइपुगेका थाई नागरिकबाट १० थान बिस्कुट आकारको पहेँलो धातु जफत गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले उक्त धातु जफत गर्दा थाई नागरिकले आफू लुम्बिनी घुम्न आएको र त्यहाँ चढाउनका निम्ति उक्त सामान ल्याएको आग्रह गरेका थिए ।

उक्त पहेँलो धातु थाई नागरिकलाई नै हस्तान्तरण गरिएको भन्सार विभागले जनाएको छ ।


प्रतिकृया दिनुहोस्