Hamro Sanchar

एनआरएनए कुवेतको अध्यक्षमा पुनः राणध्वज लामा निर्वाचित, यस्तो छ नयाँ कार्यसमिति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ६ गते


कुवेत, साउन ६- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको अध्यक्षमा पुनः राणध्वज लामा निर्वाचित भएका छन् । शुक्रबार आगामी (२०२३–२०२५)को लागि दोश्रो कार्यकालका लागि लामा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

कुवेत सिटीको मालियास्थित INN & GO होटलमा शुक्रवार सम्पन्न आठौं अधिवेशनले लामाको नेतृत्वमा नयाँ कार्यसमितिसमेत निर्विरोध चयन गएको छ ।

अधिवेशनबाट आइसीसी सदस्यमा हरि लावती, वरिष्ठ उपाध्यक्षमा मान बहादुर तामाङ र होम नाथ गिरि, उपाध्यक्षमा रमिता तामाङ (महिला उपाध्यक्ष), निरन्जन सिंह ठकुरी, दामोदर बटाला, मोहन राई, बिकास बहादुर सिंह, महासचिवमा मनिश के.सी., सचिवमा बिजय धामी, मन कुमार राई, कोषाध्यक्षमा सोनाम लामा, सह कोषाध्यक्षमा जिवन निरौला, युवा संयोजकमा आङ नोर्बु शेर्पा, महिला संयोजकमा सजिना गुरुङ, युवा सह संयोजकमा छेनाम तामाङ, महिला सह संयोजकमा माया देवी राई पाण्डे, सदस्यहरुमा सुर्य कुमार लामा, दुर्गा कुमारी ओली, रुपक थापा, मोहम्मद आलमगिर अन्सारी, राजु पुन मगर, राजु धिमाल, प्रकाश राई, उमेश राई, सुब्बा फ्युबा तामाङ, सुरज राई, पेमा दोर्जे लामा, अशोक साह सोनार, चित्र बहादुर थापा र लाल बहादुर सुनुवार निर्वाचित भएका छन् ।

लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतकी कार्यवाहक राजदूत सुजनी रानाको प्रमुख आतिथ्यता रहेको थियो । भने कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष आरके शर्मा, युवा उपाध्यक्ष राज शर्मा, केन्द्रिय सचिव प्रविण गुरूङ र मध्यपूर्व उप-संयोजक अमित राइ लगायतको विशेष आतिथ्यता रहेको थियो । यसैगरी अधिवेशन समारोहमा एनसीसी कुवेतका संरक्षक एवं पुर्व अध्यक्ष राजेन्द्र तामाङ, संरक्षक एवं पुर्व अध्यक्ष सुजन केसी, पत्रकार महासंघ कुवेतका अध्यक्ष नबराज पन्थी, लगायत विभिन्न देशका प्रतिनिधि, कुवेतमा रहेका संघ संस्था, पत्रकार, बुद्धिजीवि, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम महासचिव मान बहादुर तामाङ र प्रवक्ता केशर घलान तामाङले संचालन गरेका थिए ।

अध्यक्ष पदमा निर्वाचित लामा लामो समयदेखि कुवेतमा ब्यबसाय संचालन गर्दै आएका छन् ।


प्रतिकृया दिनुहोस्