Skip

Hamro Sanchar

प्राविधिक धारतर्फ अध्ययनको लागि मदन-आश्रित स्मृति प्राविधिक शिक्षालय नै किन रोज्ने विद्यार्थीले ?

प्रदिप नेपाली प्रकाशित : २०८० साउन, ३ गते


काठमाडौं, साउन ३- कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा रहेको मदन–आश्रित स्मृति प्राविधिक शिक्षालयमा प्राविधिक धार तर्फको अध्ययनको लागि विद्यार्थीको आकर्षण बढ्दै गएको छ । प्राविधिक धार तर्फको अध्ययनको लागि पछिल्ला बर्षमा विद्यार्थीको चाप बढ्दै गएको हो ।

सिटीइभिटी र मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा साझेदारीमा संचालित मदन–आश्रित स्मृति मेमोरियल पोलिटेक्निकल इन्ष्टिच्युटमा डिप्लोमा तह र प्रि- डिप्लोमा तहमा पठनपाठन संचालन हुदै आएको छ । न्युन शुल्कमा अध्ययन गरिने, सिटीइभिटीले लिने परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल, आफ्नै अत्याधुनिक भवन र खेल मैदानको प्रसस्त व्यबस्था भएको, आधुनिक प्रयोगशाला र लाईब्रेरी, होटेल म्यानेजमेन्ट अध्यन पश्चात रोजगारिको व्यबस्थाको लागि इन्ष्टिच्युट आफैले विद्यार्थीलाई सहयोग गर्ने, प्रि-डिप्लोमा तहमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि नि:शुल्क छात्रावासको व्यवस्था भएका कारण मदन–आश्रित स्मृति मेमोरियल पोलिटेक्निकल इन्ष्टिच्युटमा प्राविधिक धार तर्फको अध्ययनको लागि विद्यार्थीको आकर्षण बढ्दै गएको इन्ष्टिच्युटका प्रधानाध्यापक निरज पुडासैनीले हाम्रोसंचार डटकमलाई बताए ।

मदन–आश्रित स्मृति प्राविधिक शिक्षालयमा प्रत्येक बर्ष सिमित सिटमा भर्ना खुल्छ, शिक्षालयमा अधिकांश स्थानीयस्तर भन्दा बाहिरी जिल्लाका विद्यार्थी भर्ना हुन आउने गरेका छन् ।

शिक्षालयले दुर्गम क्षेत्र, दलित समुदाय, महिला, सहिद परिवार र जनआन्दोलनका घाइतेहरूलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिरहेको सहायक प्रधानाध्यापक बिष्णु खनालले बताए । ‘प्रत्येक वर्ष दुर्गम क्षेत्र र दलित समुदायलाई लक्षित गरेर विद्यार्थीलाई नि:शुल्क रूपमा पढाउछौ । र, शुल्कको हकमा पनि अरू कलेजभन्दा हामीकहाँ आधा नै सस्तो छ ।’

शैक्षिक गुणस्तरीयताको दृष्टिले हेर्दा देशकै उत्कृष्ट कलेजहरूको लहरमा पर्ने पनि खनालले बताए । खनाल बताउँछन्– ‘हामीकहाँ सुविधा सम्पन्न पूर्वाधारहरू छन् । योग्य र दक्ष जनशक्ति रहेको छ । आधुनिक शैक्षिक सामग्रीहरू प्रयोग गर्ने गरेका छौं । हामीले प्रयोगात्मक कक्षमा बढी ध्यान केन्द्रित गरेका छौं । र, हाम्रो कलेजबाट उत्पादन भएका विद्यार्थीहरूले काम नपाउने भन्ने समस्या रहेको छैन ।’

शिक्षालयमा २०८०/८१ का लागि नयाँ भर्ना खुलेको छ । डिप्लोमा तहतर्फ सिभिल इन्जिनियरिङमा ४८, जियोमेटिक्स इन्जिनियरिङ ४८, पशु विज्ञान ४०, बाली विज्ञान ४० र होटल म्यानेजमेन्ट ४० सिट र प्रि-डिप्लोमा तहतर्फ सिभिल इन्जिनियरिङ ४० र पशु विज्ञान ४० सिटमा भर्ना खुलेको छ ।

२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको मृत्यु भएको थियो । नेताद्वयका स्मृतिलाई चीरस्थायी तुल्याइराख्न र जबजको विकासमा योगदान पुर्‍याउने उद्देश्यले ०५१ सालमा मदन–आश्रित स्मृति प्रतिष्ठान स्थापना भएको थियो । लामो समयसम्म राजनीतिक र वैचारिक कार्यहरू गर्दै आएको प्रतिष्ठानले ०६५ सालमा भने प्राविधिक शिक्षालय खोलेको हो । र, व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) र प्रतिष्ठानको साझेदारी कार्यक्रमअनुरूप उक्त पोलिटेक्निक स्थापना भएको हो ।


प्रतिकृया दिनुहोस्