Skip

Hamro Sanchar

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २८ गते


काठमाडौं, असार २८- नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सानोभर्‍याङबाट थप एक जनालाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-३० घर भई नयाँबजार खुशिबु बस्ने ५९ वर्षीय केशव तुलाधर पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार भुटानी शरणार्थी प्रकरणमा उनको बैंक खाता प्रयोग भएको थियो ।

उनीसहित ३० जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता छ । अदालतले १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जसमध्ये दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रकरणमा १० जना अझै फरार छन‍् । प्रहरीले उनीहरूको पनि खोजी गरिरहेको जनाएको छ ।


प्रतिकृया दिनुहोस्