Skip

Hamro Sanchar

कागेश्वरी मनोहराका ज्येष्ठ नागरिकको ‘चाडपर्व भत्ता’ बढ्यो, अब प्रतिव्यक्ति २ हजार पाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २८ गते


काठमाडौं, असार २८- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले ज्येष्ठ नागरिकलाई ‘चाडपर्व भत्ता’ दिने भएको छ । नगरपालिकाले नगर क्षेत्रभित्रका ६८ वर्ष माथिका ज्येष्ट नागरिकलाई चाडपर्व भत्ता वितरण गर्ने भएको हो ।

नगरपालिकाले ६८ वर्षभन्दा माथिका बृद्धबृद्धालाई चाड पर्व खर्चसहित सम्मान स्वरुप प्रतिव्यक्ती २ हजारका दरले भत्ता रकम उपलब्ध गराउने भएको हो ।

नगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ६८ वर्षभन्दा माथिका सबै जेष्ठ नागरिकहरुलाई चाडपर्व खर्चबापत प्रति व्यक्ती एकमुष्ट २ हजारका दरले भत्ता रकम उपलब्ध गराउने भएको हो ।

यसअघि नगरपालिकाले प्रति व्यक्ती १ हजारका दरले भत्ता रकम उपलब्ध गराउदै आएको थियो । तर आर्थिक बर्ष २०८०/८१ देखि एक हजार बढाएर प्रति व्यक्ती २ हजार उपलब्ध गराउने नीति तथा कार्यक्रममै समेटेको छ ।

नगरप्रमुख उपेन्द्र कार्कीले सबै उमेर समुहका नागरिकको लागि स्थानीय सरकारको अनुभुति दिलाउन यस्तो कार्यक्रम संचालन गरेको बताए ।

नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को लागी कुल २ अर्ब ३८ करोड ६५ लाख ८० हजार रुपियाँको बजेट ल्याएको छ ।


प्रतिकृया दिनुहोस्