Hamro Sanchar

हेलिकप्टर दुर्घटना अपडेट: मृत्यु भएका ६ जनाकै शव भेटियो, काठमाडौं ल्याउने तयारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २६ गते


काठमाडौं, असार २६- सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

नागरिक उड्डयन प्राधिकरणका त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार ६ जनाकै शव भेटिएको हो । अहिले शवहरु संकलन गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण नजिकै भकान्जे भन्ने स्थानमा उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर अवतरण गरेका छन् ।


प्रतिकृया दिनुहोस्