Hamro Sanchar

६ यात्रुसहित काठमाडौँ आउँदै गरेकाे हेलिकप्टर सम्पर्कविहीन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २६ गते


काठमाडौं, असार २६- सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट काठमाडौं आउदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । खराब मौसमका कारण लुक्ला विमानस्थल तल सुर्केबाट बिहान करिब १० बजे उडेको मनाङ एयरको ९ एनएएमभी हेलिकप्टर ५–७ मिनेटमा नै सम्पर्कविहीन हुन पुगेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको हो ।

पौने ११ बजे काठमाडौं पुग्नुपर्ने हेलिकप्टर अहिलेसम्म सम्पर्कमा छैन ।

हेलिकप्टरमा पाँच जना विदेशी नागरिक छन् । हेलिकप्टरका पाइलट नेपाली हुन् ।


प्रतिकृया दिनुहोस्