
पोखरा, असार २१- उपभोक्ता समितिका अध्यक्षलाई कुटपिट आरोपमा माछापुच्छ्रे गाउँपालिकाका वडाध्यक्ष पक्राउ परेका छन् । प्रहरीले माछापुच्छ्रे गाउपालिका-८ का वडाध्यक्ष राम गुरुङलाई प्रकाउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उजुरीको आधारमा वडाध्यक्ष गुरुङलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
वडाध्यक्ष गुरुङले हातपात गरेको भन्दै उपभोक्ता समितिको अध्यक्ष अमृत भण्डारीलेले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

















