Skip

Hamro Sanchar

पर्यटनमन्त्रीले फेरि सोधे नागरिक उड्डयनका महानिर्देशकलाई स्पष्टीकरण, ३ दिनभित्र जवाफ माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २१ गते


काठमाडौं, असार २१- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो पटक स्पष्टीकरण सोधेका छन् ।

यसअघि सोधेको पत्रको जवाफ दिन अस्वीकार गरेका महानिर्देशक अधिकारीलाई मन्त्रालयले दोस्रो पटक स्पष्टीकरण सोधेको हो ।

मन्त्रालयले बिहीबार दोस्रो पटकको जवाफ तीन दिनभित्र माग्दै पत्र पठाएको हो ।

‘मन्त्रालयको असार ११ गतेको पत्रबाट तपाईंबाट सम्पादित कार्यसँग सम्बन्धित ९ बुँदाका विषयमा सात दिनभित्र जवाफ सहितको विवरण पेश गर्न नेपाल सरकार (माननीय मन्त्रीस्तरीय) निर्णयबाट लेखि पठाएको निर्धारित समय सीमाभित्र तपाईंबाट स्पष्ट जवाफसहितको विवरण पेश हुन नआएकाले के कति कारणले समयमा नै स्पष्ट जवाफ सहितको विवरण पेस नगर्नु भएको हो?’ भन्दै पत्र पठाएको छ ।

साथै तोकिएको समयमा स्पष्टीकरण नपठाए मन्त्री परिषदको निर्णयअनुसार कानुनबमोजिम अघि बढ्ने उक्त पत्रमा उल्लेख छ ।

यसअघि पर्यटनमन्त्री किरातीले असार ११ गते महानिर्देशक अधिकारीको कार्यक्षमता र कार्यशैलीमाथि प्रश्न उठाउँदै ९ बुँदे स्पष्टीकरण सोधेका थिए ।


प्रतिकृया दिनुहोस्