Skip

Hamro Sanchar

सात दलको निष्कर्ष : प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु पर्दैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २१ गते


काठमाडौँ, असार २१- सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिबारे छलफल भएको छ । बैठकपछि नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यता विपरीत भएको बताए ।

उनले बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको पनि सुनाए । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सात दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको बारेमा छलफल भएको र राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको हो ।

उनले भने, ‘हामीले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेका छौँ । प्रधानमन्त्रीले संसद् फेस गर्नुहुन्छ । उहाँहरू मिटर ब्याज पीडितको पक्षमा होइन । शोषण गर्नेको पक्षमा उभिनुभएको हिजोको तथ्यले प्रमाणित भयो । उहाँहरू जनतालाई जति लुटेपनि हुन्छ भन्ने पक्षमा उभिनुभयो । यस्तै गर्दै जाँदा प्रमुख प्रतिपक्षसहित विपक्षी दलको रोल पनि उचित हुँदैन ।’


प्रतिकृया दिनुहोस्