Skip

Hamro Sanchar

सत्ता गठबन्धनको बैठक बालुवाटारमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २१ गते


काठमाडौं, असार २१- सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बुझिएको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेता सहभागी छन् ।

जनमत पार्टीलाई सरकारमा ल्याउने तथा कोशीमा नयाँ सरकार गठनलगायतका विषयमा छलफल भईरहेको बुझिएको छ ।


प्रतिकृया दिनुहोस्