
काठमाडौं, असार २०- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ होइन राजीनामा चाहिएको बताएका छन् ।
संसद् भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरूले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अशोभनीय रहेको बताए ।
‘राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो,’ उनले भने, ‘हामीलाई जवाफ होइन, राजीनामा चाहियो। उहाँबाट साह्रै भएन।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत असार १८ गते प्रितम सिंहको पुस्तक विमोचन गर्दै उनले आफूलाई प्रधानमन्त्री बनाउन पटक-पटक दिल्ली गएको बताएका थिए ।
त्यही अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सहित विपक्षी दलहरूले बुधबार प्रतिनिधि सभा बैठक अवरोध गरेका थिए ।

















