काठमाडौं, असार १९- काठमाडौँको कागेश्वरी मनोहरामा नगरपालिकामा एक पुरुष मृत फेला परेका छन् । नगरपालिकाको वडा नम्बर -१ कुँवर गाउँमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका घर भई कागेश्वरी मनोहरा नगरपालिका-१ सूर्यमण्डली बस्ने ७५ वर्षीय गोरे कामी सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
शवलाई पोस्टमार्टमको लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।