Hamro Sanchar

बझाङमा कार दुर्घटनाः मन्त्री सिंहकी पत्नी र भाउजूको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, ५ गते


धनगढी, असार ५- बझाङमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा मृत्यु भएको छ।

दुर्घटनामा सिंहकी पत्नी अमृता र भाउजू जयादेवीको देउराको निजी मेडिकलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका मन्त्री सिंहसहित तीन जनाको थप उपचारको लागि हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ।

घाइते मन्त्री सिंह, उनका पिएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीलाई उपचारका लागि नेपालगन्ज लगिएको डिएसपी भण्डारीले बताए।

मंगलबार दिउँसो २ बजेतिर सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको कार दुर्घटनामा परेको थियो।

डडेल्धुराबाट चैनपुर जाने क्रममा बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ।


प्रतिकृया दिनुहोस्