Skip

Hamro Sanchar

सरकार छाड्नु परे परोस्, बजेट पास हुन दिन्नौं : राजेन्द्र पाण्डे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, २६ गते


काठमाडौं, जेठ २६- नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले बजेटमा विभेद गरेको बताएका छन् । पार्टीनिकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पाण्डेले बजेटमा विभेद गरेको भन्दै आफ्नो पार्टीले यथास्थितिमा पास गर्न नदिने चेतावनी दिएका छन् । उनले त्यसका लागि सरकार छाड्नुपरे नेकपा एस तयार रहेको बताए ।

उनले भौतिक पूर्वाधारको ५ अर्ब बजेटको आधा रकम डडेलधुरा, गोरखा र नुवाकोट लगिएको भन्दै आक्रोश जनाए ।

उनले भने, ‘भौतिक पूर्वाधारमा ५ अर्ब बढी पैसा गयो रे । त्यसमा ११० करोड डडेलधुरामा ५५ करोड गोरखामा ७०/७५ करोड नुवाकोटमा । २३२ करोड चाहिँ तीन वटा जिल्लामा बाँकी २६८ करोड चाहिँ ७४ जिल्लामा यो टाइपले बजेट विनियोजन भयो । आजका दिनमा यस्तो अन्याय हुनुहुँदैन । हामी कडाइका साथ भनिरहेका छौं । यही अवस्थामा यथास्थितिमा यो बजेट पास हुँदैन । सरकार छाड्नुपरे परोस् अन्याय सहँदैनौं । लुरुलुरु बसिरहने हामी होइन ।’

पाण्डेले १६५ निर्वाचन क्षेत्र भएपनि २र३ ठाउँमात्र बजेट दिएर अन्यत्र विभेद गरिएको टिप्पणी गरे ।


प्रतिकृया दिनुहोस्