Hamro Sanchar

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १८ गते


Advertisement

काठमाडौं, जेठ १८- भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।

नेपाल आयल निगमका अनुसार अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको हो ।

बिहीबार प्राप्त मूल्यसूची अनुसार हवाई इन्धनको मूल्य प्रतिलिटर ७ रुपैयाँ घटेर आएको छ । खाना पाकाउने ग्याँसका मूल्य सिलिण्डरमा ४९ रुपैयाँले घटेर आएको छ ।

पेट्रोल तथा डिजेलको मूल्य सामान्य बढेर आएपनि नेपालमा हालको मूल्य यथावत् राख्ने तयारी रहेको निगमले जनाएको छ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले १५–१५ दिनमा इन्धनको मूल्य सूची पठाउँछ । सो अनुसार अघिल्लो पटकको तुलनामा मूल्य सामान्य बढेर आएको हो ।

हाल निगमले उपभोक्तालाई पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ तथा डिजेल र मट्टितेल १ सय ५५ रुपैयाँमा बेच्दै आएको छ ।

नयाँ मूल्यपछि १५ दिनमा निगम एक अर्ब ७५ करोड रुपैयाँ नाफामा छ ।


प्रतिकृया दिनुहोस्