Skip

Hamro Sanchar

तलबको आधा रकम दुःखी गरिबलाई दिने पर्यटनमन्त्री किरातीको घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १८ गते


काठमाडौं, जेठ १८- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सांगीतिक कार्यक्रम ‘इन्द्रेणी’ मा इन्द्रेणीमार्फत उपचार सेवा पाउन नसकेका दुःखी गरिबलाई तलबको आधा रकम दिने घोषणा गरेका छन् । मन्त्री किरातीकै नेतृत्वमा १२ सातादेखि पशुपति क्षेत्रको सरसफाइ चलिरहेको थियो । त्यसको सेलिब्रेसन गर्न उनी इन्द्रेणीमा गएको बेला तलबको आधा रकम दिने घोषणा गरेका हुन् ।

हिमालय टिभी एचडीमा प्रसारण हुने कार्यक्रम ‘इन्द्रेणी’ मा मन्त्री किराती बुधबार पुगेका थिए ।
कार्यक्रममा उनले नाचे, मन्त्रीको रुपमा कुरा राखे र सहयोगी हात बढाए ।

उनले भने, ‘मेरो तलब महिनामा ६०–७० जति हुन्छ । यसको आधा ३० हजार इन्द्रेणीलाई प्रदान गर्न चाहन्छु,’ उनले भने, ‘जनताको स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्छ भन्ने हाम्रो आवाज हो ।’

प्रकृति र संस्कृतिजस्ता सम्पदालाई देखाउन सके पर्यटक तान्न सकिने र नेपालीले बसीबसी खाने सक्ने उनको भनाइ छ । पशुपतिनाथ मन्दिर ३० वर्षयताकै सबैभन्दा सफा क्षेत्र बनेको भन्दै उनले पशुपतिलाई हिन्दू र अन्य धर्मावलम्बीबीच नरम कूटनीतिको माध्यम बनाउन सकिने बताए ।


प्रतिकृया दिनुहोस्