Skip

Hamro Sanchar

सुनले ढाकेको फोटो भाइरल भएपछि ओली भन्छन्- ‘त्यति सुन म बोक्न पनि सक्दिनँ’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १७ गते


काठमाडौं, जेठ १७- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा छाडापन र विकृति बढ्दो रहेको बताएका छन् ।

बुधबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले शिक्षित मानिसहरु नै छाडा र विकृति भित्र्याउन लागिपरेको बताए ।

‘हाम्रो देश विचित्रको स्थितिमा पुगेको छ । दुनियाँमा छाडापन हेर्नपर्छ भने यहीँ देशमा देखिन्छ । नेपालमा जति छाडा र विकृति अहिले दुनियाँका कुनै देशमा छैन कि जस्तो लाग्छ’, अध्यक्ष ओलीले भने, ‘युट्युब खोलेर हेरिसक्नु छैन । खोल्यो भने कुनामा गएर हेर्नुपर्ने हुन्छ ।’

उनले सभ्यताको सुरुवात भएको नेपाल धर्तीमा विकृति थुपारेर नेपालको संस्कृतिमाथि नै प्रहार भएको बताए । ‘केपी ओलीको फोटोमा हातभरि सुनैसुनका बोकी नसक्नु ! त्यति सुन म बोक्न पनि सक्दिनँ होला । मैले जिन्दगीमा आमाले सानैमा दिएको औंठी चार दिनजति लगाएँ’, ओलीले आफ्नो फोटोमा सुनैसुन लगाएको बनाएर सामाजिक सञ्जालमा आएकोमा कटाक्ष गरे ।

‘आमाले दिएको त्यो औँठी लाएपछि आमा पटक पटक सम्झने र हडबड भएपछि तीन चार दिनपनि लगाउन सकिनँ । पछि त्यसबाहेक एउटा साथीले दिएको एकदिन जति लगाएँ । यति साह्रो झुट, यत्रो मेहनत गरेर कस्तो घटिया नियत होला ?’, ओलीको भनाइ छ ।


प्रतिकृया दिनुहोस्