Hamro Sanchar

बाँकेमा कार दुर्घटना : २ जनाको मृत्यु, ६ घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १६ गते


बाँके, जेठ १६- बाँकेको राप्ती सोनारी गाउँपालिका १३ मा कार दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

बा.१३च ८२५३ नम्बरको कार र मे.१ख ३३३५ नम्बरको बस ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठोरका अनुसार दुर्घटनामा सख्त घाइते भएका डा. सन्जु खड्का र कारका चालक सुवास अधिकारीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । खड्का उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको आफन्त रहेको बुझिएको छ ।

बसमा यात्रारत ६ यात्रु सामान्य घाइते रहेको राठोरको भनाइ छ ।


प्रतिकृया दिनुहोस्