Skip

Hamro Sanchar

भारत भ्रमणबारे अन्तिम टुंगो लगाउन प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १६ गते


काठमाडौं, जेठ १६- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको पूर्व सन्ध्यामा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । भारत भ्रमणबारे अन्तिम टुंगो लगाउनको लागि बैठक बोलाएको प्रधानमन्त्री प्रचण्डले बताए ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टीको सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधनको क्रममा उनले भारत भ्रमणको बारेमा छलफल गर्नका लागि अब केही बेरमै बैठक बस्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्ड भोलि भारत भ्रमण जाँदैछन् ।


प्रतिकृया दिनुहोस्