
कैलाली, जेठ १६- टीकापुर घटनामा मारिएका टेकबहादुर साउदको घरमा रेशम चौधरी र रञ्जिता चौधरी पुगेका छन् । स्व. टेकबहादुर टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालक हुन् ।
कारागारबाट रिहा भएर कैलाली पुगे लगत्तै उनीहरू साउदका अभिभावक भेट्न पुगेका हुन् । साउदको अभिभावकलाई रेशमले घटनाको सत्यतथ्य बाहिर ल्याउन आफूले पनि पहल गर्ने बताए ।
हिजो रिहा भएलगत्तै चौधरीले बालकसहित अन्य प्रहरी अधिकारीहरूले पनि न्याय पाउनु पर्ने बताएका थिए ।
त्यसको लागि उच्च स्तरीय आयोग बनाउनु पर्ने उनको माग छ । उनले टीकापुर घटना पहिचानको आन्दोलनका क्रममा भएको भन्दै यसलाई राजनैतिक ढङ्गबाट हल गरिनु पर्ने बताउँदै आइरहेका छन् ।
रेशम पत्नी रन्जिता सोही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित हुँदै हाल मन्त्री छिन् ।
आज उनले पनि सरकारले उक्त घटनामा सहादत प्राप्त गरेकाहरुलाई न्याय दिनु पर्ने बताएकी हुन् ।
२०७२ भदौ ७ गते आन्दोलनका क्रममा अढाइ वर्षका साउद सहित ८ प्रहरीको ज्यान गएको थियो ।


















