Skip

Hamro Sanchar

सांसद विकास कोष ब्युँताएपछि बालेन शाहको व्यङ्ग्य : बल्ल सांसदहरू वडाध्यक्षको लेबलमा आउनुभयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १६ गते


काठमाडौँ, जेठ १६- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सांसद विकास कोष ब्युँताएपछि कटाक्ष गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले सो कोषको रकम पाउने भएपछि सांसदहरू वडाध्यक्षको तहमा आएको उल्लेख गरेका छन् ।

उनले भनेका छन् –‘सांसद विकास कोष पाउनु भएपछि बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरू ।’

अर्थमन्त्री प्रकाशशरण महतले सोमबार बजेट वक्तव्यका क्रममा सांसद विकास कोषको लागि ८ अर्ब २५ करोड रूपैयाँ विनियोजन गरिएको बताएका थिए ।


प्रतिकृया दिनुहोस्