Hamro Sanchar

बढ्यो सुन–चाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, ७ गते


Advertisement

काठमाडौं, जेठ ७- आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । शुक्रबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला आठ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको रहेको छ ।

शुक्रबार प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो ।


प्रतिकृया दिनुहोस्