Hamro Sanchar

आरजु राणाको चरित्र हत्या गरेको भन्दै तरुण दलको बिरोध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ३१ गते


काठमाडौं, बैशाख ३१- नेपाल तरुण दलले नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.आरजु राणा देउवामाथि चरित्र हत्या गर्न खोजेको भन्दै ध्यानाकर्षण गराएको छ ।

तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले आइतबार विज्ञप्ति जारी गर्दै आरजु राणा देउवालाई विदेश भागेको र व्यक्तिगत चरित्र हत्या गर्न खोजेको भन्दै ध्यानाकर्षण जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ,‘भुटानी शरणार्थी काण्ड प्रहरी अनुसन्धानमै रहेको हुँदा कुनै ठोस प्रमाणबिना कसै प्रति लाञ्छना लगाउनु गम्भीर अपराध हो । यसप्रति सबै सरोकारवालाहरु सचेत रहन नेपाल तरुण दल केन्द्रीय समिति आग्रह गर्दछ ।’

अनुसन्धानलाई टुंगोमा पुर्‍याउन सरकार, गृहमन्त्रालय र प्रहरीलाई सहयोग गर्न माग गरिएको छ ।


प्रतिकृया दिनुहोस्